१६ वर्षपछि भिड्दै भारत र न्युजिल्याण्ड,फाइनलमा कसको सम्भावना बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 11:19:44 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज पहिलो सेमिफाइनलको खेल हुँदैछ । पहिलो सेमिफाइनलमा भारत र  न्यूजिल्याण्डबीच खेल हुँदैछ । १६ वर्ष पछि यी दुई देश भिड्न लागेका हुन् । सन् २००३ मा यी दुई टोलि आमनेसामने भएका थिए । 

यी दुई देश यस वर्षको सुरुवातमा ५ एकदिवसीयको सिरिजमा भिडेका थिए । न्यूजिल्याण्डमा भएको उक्त खेल भारतले ४–१ ले जितेको थियो । उक्त खेलमा भारतको कप्तानी रोहित शर्माले गरेका थिए । 

सन् १९७५ मा यी दुई देशबीच पहिलो खेल भएको थियो । उक्त खेलमा न्यूजिल्याण्डले भारतलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।  यसको ४ ववर्षपछि १९७९ मा पनि यी दुई टिमको भेट भएको थियो । उक्त खेलमा पनि भारत न्युजिल्याण्डसामु निरिह बन्यो ।

सन् १९८७ मा भारतमा भएको विश्वकपमा यी दुई देशले दुई खेल खेले । तर दुवै खेलमा भारत हाबी भयो । १९९२ मा न्युजिल्यान्डमा भएको विश्वकपमा भने आयोजक न्युजिल्यान्डले पाहुना टोली भारतलाई हराएको थियो । 

समय सन् १९९९ इङ्ल्याण्डमा भएको विश्वकपमा पनि भारतलाई न्युजिल्याण्डले पराजित गरेको थियो । यी दुई देशबीच सन् २००३ मा अन्तिम खेल भएको थियो । उक्त खेलमा भारतले न्यूजिल्याण्डलाई हराएको थियो । 

यसरी आजसम्म भएका खेल हेर्दा भारतभन्दा न्युजिल्याण्ड बलियो देखिन्छ । मंगलबारको खेलमा भारत आफूलाई बलियो प्रमाणित गर्दै फाइनल प्रवेश गर्ने दाउमा हुनेछ । न्युजिल्याण्ड पनि विगतको आफ्नो विरासत कायम राख्दै भारतलाई निरिह बनाउने दाउमा मैदान उत्रनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved