पानी नरोकिएपछि भारत र न्युजिल्यान्डबीचको खेल स्थगित, भारतलाई फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 09:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल बर्षातको कारण प्रभावित भएको छ । टस जितेर ब्याटिंङ  गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा बर्षातका कारण खेल रोकिएको थियो । तर पानी नरोकिएपछि आजको लागि खेल नै स्थगित भएको हो 

अब यहि खेल बुधबार पुन सुरु हुनेछ । आज जहाँ खेल रोकिएको हो बुधबार त्यहि बाटखेल  सुरु हुनेछ । अहिले रस टेलर ६७ रनमा नट आउट छन् । कप्तान केन विलियम्सन ६७ रन बनाएर आउट भएका थिए । भारतले प्रयोग गरेका ५ जना बलरले नै समान १-१ विकेट लिएका छन् 

 तर बुधबारको मौसम आजको भन्दा पनि खराब हुने पूर्वानुमान गरिएको छ । बुधबार न्युजिल्यान्डले पुन: ब्याटिंङ  नगरेमा भारतले २० ओभरमा १४८ रन बनाउनु पर्ने हुन्छ । यदि समय रहेर ४६ ओभर कै खेल सम्भव भए भारतले जितको लागि २३७ रन बनाउनु पर्छ। यदि बुधबार पनि खेल पुरा हुन् नसकेमा लिग चरणमा समुह तालिकामा न्युजिल्यान्ड भन्दा भारत माथि रहेकोले भारत स्वत फाइनल प्रवेश गर्ने छ । 

सेमिफाइनल र फाइनलमा रिजर्भ डे हुने भएकोले आज प्रभावित खेलले भोली निरन्तरता पाउने भएको हो । लिग चरणमा भने रिजर्भ डे नहुँदा टोलीहरुले अंक बाडेका थिए । समुह चरणमा पनि यी दुई टोली बीचको खेल बर्षातको कारण रद्द हुँदा दुवै टोली समान १-१ अंक बाडेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved