पाकिस्तानलाई मात खुवाएको भारत सेमिफाइनलबाटै बाहिरियो, न्युजिल्यान्ड फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 05:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो 

  न्युजिल्यान्डले दिएको २४० रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको भारत ४९.३ ओभरमा अलआउट हुदै २२१ रन मात्र जोड्न सक्यो 

लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुवात गरेको थियो । भारतका मुख्य ३ ब्याट्सम्यान रोहित शर्मा, विराट कोहली र केएल राहुल सबै १ रन मात्र बनाएर आउट भए । रविन्द्र जडेजाले ७७ तथा महेन्द्र सिंह धोनीले ५० रन बनाए पनि टोलीलाई पार लागौं सकेंनन । यी बाहेक खेलमा हार्दिक पाण्डे र रिसब पन्तले समान ३२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन । न्युजिल्यान्डको लागि म्याट हेनरीले ३ तथा ट्रेन्ट बोल्ट र मिसेल सन्थरले समान २-२ विकेट लिए । यो खेल मंगलबार नै सुरु भए पनि बर्षाले प्रभावित भएपछि आज पुरा गरिएको हो । 

अब न्युजिल्यान्डले उपाधिको लागि इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेलको बिजेतासँग प्रतिस्पर्धा गर्ने छ । न्युजिल्यान्ड र अस्ट्रेलिया गत बर्षको बिश्वकपका फाइनालिस्ट हुन् । 

समुह चरणमा पाकिस्तान सेमिफाइनलमा पुग्न सक्ने रोचक समीकरण बनेको थियो । तर त्यसको लागि भारतले इंग्ल्यान्डलाई पराजित गर्नु पर्ने थियो । सोहि खेलमा भारत पराजित भई पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको थियो । पछि रन रेटको आधारमा पाकिस्तानलाई पछि पार्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । सो खेलपछि पाकिस्तानी समर्थकहरुले भारतले पाकिस्तानलाई सेमिफाइनलमा हेर्न नचाहेको र इंग्ल्यान्डसँग जानाजान हारेको आरोप लगाएका थिए । सोहि न्युजिल्यान्डले आज भारतलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved