बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 11, 2019 | 05:07:02 PM



विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिंग गरेको अस्ट्रेलिया ४९ ओभर मै अल आउट हुदै २ सय २३ रन जोडेको हो 

अष्ट्रेलियाको लागि स्टेभेन स्मिथले सर्बाधिक ८४ रन जोडे भने अलेक्स क्यारीले ४६ रन जोडे । त्यस्तै मिसेल स्टार्कले तथा ग्लिन म्याक्सवेलले २२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन 

इंग्ल्यान्डको लागि क्रिस वक्स र आदील राशिदले सर्बाधिक ३-३ विकेट लिए भने जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए 

यस खेलको बिजेताले उपाधिको लागि न्युजिल्यान्डसंग भिड्ने छ । न्युजिल्यान्ड भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7