विश्वकपको रोचक समीकरण: पहिलो र दोस्रो आउट हुँदा तेस्रो र चौथो फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 08:21:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकपमा यस पटक रोचक समिकरण बनेको छ । यस पटक विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्ड पुगेका छन् । न्युजिल्यान्ड गत सिजनको पनि फाइनालिस्ट हो भने इंग्ल्यान्ड २७ बर्षपछि फाइनल पुगेको हो 

अझ रोचक त् के छ भने लिग चरणमा तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टोली बाहिरिएका छन् भने तेस्रो र चौथो स्थानमा रहेका टोली फाइनलमा पुगेका हुन् । लिग चरण समाप्त हुँदा पहिलो स्थानमा भारत, दोस्रोमा अष्ट्रेलिया, तेस्रोमा इंग्ल्यान्ड र चौथोमा न्युजिल्यान्ड थिए । तर पहिलो र दोस्रोलाई हराउदै तेसो र चौथो स्थानका टिमले बाजी मारेका हुन् 

न्युजिल्यान्डलाई भारतलाई १८ रनले पराजित गर्दै फाइनल पुगेको हो भने इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो 

 इंग्ल्यान्ड र न्युजिल्यान्डले हालसम्म पनि उपाधि जित्न सकेका छैनन् । अब जसले जिते पनि यस पटक विश्वकप फाइनलले नयाँ विजेता पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved