बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 04:27:05 PM


tansen

अफगानिस्तानको क्रिकेट बोर्डले रासिद खानलाई एकदिवसीय, टी-२० र टेस्ट गरी तीन वटै फर्म्याटको कप्तान चुनेको छ। बोर्डले एकदिवसीय खेलका कप्तान गुब्लादिन नइबलाई हटाउँदै २० बर्षिय रासिद खानलाई नयाँ कप्तान चुनेको हो। साथै बोर्डले अस्घर अफगानलाई उपकप्तानको जिम्मेवारी दिएको छ।  

विश्वकपअघि अफगानिस्तानले अस्घर अफगानलाई कप्तानबाट हटाएको थियो। सन् २०१५मा मोहमद नाबीको ठाउँमा अस्घर अफगानिस्तानको कप्तानमा चुनिएका थिए। उनी कप्तानमा चुनिएपछि अफगानिस्तानले आइसिसीको पूर्ण सदस्यता पाएको थियो।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका