विश्वकप फाइनल: न्युजिल्यान्डले टस जित्यो, को को परे टिममा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 01:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट २०१९ को फाईनल खेलमा आज न्युजिल्यान्ड र इंग्ल्याण्ड भिड्दैछन् । खेलमा टस जितेर न्युजिल्यान्डले पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ । इंग्ल्यान्डको लर्ड्स मैदानमा खेल भईरहेको हो । यस मैदानमा च्याम्पियन्स ट्रफीको फाइनलपछि भएका सबै खेलमा पहिले ब्याटिंग  गरेको टिमले जितेको छ  ।

 केन विलियम्सनको कप्तानिमा रहेको न्युजिल्याण्ड र इयोन मोर्गनको कप्तानिमा रहेको इंग्ल्याण्ड पहिलो पटक विश्वकपको उपाधि जित्ने दाउमा रहेका छन् ।

यस्तो छ आजको टिम : 



सन् १९९२ यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको इङ्ल्याण्ड र लगातार दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको न्यूजील्याण्डबीचको खेल अति रोमाञ्चक हुने अनुमान गरिएको छ। बलियो दाबेदार भारतलाई रोमाञ्चक भिडन्तमा १८ रनले पराजित गर्दै न्यूजील्याण्ड फाइनल पुगेको हो। अर्को सेमिफाइनलमा इङ्लिस टोलीले चिरपरिचित प्रतिद्धन्दी तथा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई झन्डै २० ओभरको खेल बाँकी हुँदै आठ विकेटले हरायो। त्यही खेलको आत्मविश्वासका कारण इङल्याण्डले विश्वकप उपाधि जित्ने विश्वास धेरैले गरेका छन्।

जारी विश्वकपको खेलहरु देख्दा न्युजिल्याण्डभन्दा इंग्ल्याण्ड बलियो रहेको छ तर वान डे विश्वकपको अहिलेसम्मको नतिजा अलि फरक रहेको छ । यो नतिजालाई आधार मान्ने हो भने न्युजिल्याण्ड सधैँ इंग्ल्याण्डको लागि भारी सावित भएको छ ।

वान डे खेलमा पहिलो स्थानमा रहेको इंग्ल्याण्डले न्युजिल्याण्डको बिरुद्ध सन् १९७३ पछि ९० वान डे प्रतियोगिता खेलेको छ । जसमा न्युजिल्याण्डले ४३ र इंग्ल्याण्डले ४१ खेल जितेका छन् । इंग्ल्याण्डको मैदानमा दुबै टिमले जम्मा ३१ खेल खेलेका छन् जसमध्ये इंग्ल्याण्डले १७ र न्युजिल्याण्डले १२ खेल जितेका छन् । न्युजिल्याण्डको मैदानमा दुबै टिमले ४३ खेल खेलेका छन् । जसमा न्युजिल्याण्डले २१ र इंग्ल्याण्डले १८ खेल जितेको छ । बाहिरि भुमिमा दुबै टिम १६ खेलमा आमने सामने भएका छन् । जसमा न्युजिल्याण्ड इंग्ल्याडको भारी सावित भएको छ । न्युजिल्याण्डले १० खेलमा जित हासिल गर्दा इंग्ल्याण्डले ६ खेल जितेको छ ।

यो नतिजा हेर्दा न्युजिल्याण्ड वान डे प्रतियोगितामा इंग्ल्याण्डमाथि हाबि भएको छ । न्युुजिल्याण्ड आइसिसि विश्वकपको प्रतियोगितामा पनि इंग्ल्याण्डमाथि हाबि भएको छ । अहिलेसम्मको विश्वकपमा दुबै देशको बिच नौ पटक भेट भएको छ जसमा न्युजिल्याण्डले पाँच खेलमा जित हासिल गर्दा इंग्ल्याण्डले चार खेलमा जित निकालेको छ । तर यो विश्वकपको लिग चरणको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ११९ रनको ठुलो अन्तरले हराएको छ । दुबै देशको खेलाडिको राम्रो प्रदर्शनको कुरा गर्दा यसमा पनि न्युजिल्याण्डको टिम हाबि भएको छ ।

इंग्ल्याण्डको बिरुद्ध न्युजिल्याण्डको ब्याट्सम्यान रल टेलरले १४०९ रन बनाएका छन् र बलरको तर्फबाट ३६ विकेटका साथ टिम साउथी पहिलो नम्बरमा छन् । न्युजिल्याण्डका बिरुद्ध इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले अहिलेसम्म सबैभन्दा बढि ९२५ रन बनाएका छन् । साथमा इंग्ल्याण्डका बलर जेम्स एंडरसनले न्युजिल्याण्डका बिरुद्ध ३३ विकेट लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved