रोमान्चक मोडमा विश्वकप फाइनल , रन बराबर भएपछि सुपर ओभर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 09:53:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को विश्वकप बिजेता सुपर ओभरबाट तय हुने भएको छ । निर्धारित ५० ओभरको खेल बराबरीमा टुंगिएपछि बिजेता निर्क्यौल गर्न सुपर ओभर हुन् लागेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनायो । २४२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ५० ओभरमा अल आउट हुदै २४१ रन मात्र बनायो । अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितको लागि १५ रन चाहिएकोमा १४ रन मात्र बनाएको हो । न्युजिल्यान्ड अन्तिम ओभरमा २ विकेट लियो ।

अब सुपरओभरबाट विजेता तय हुने छ । सुपर ओभरमा इंग्ल्यान्डले पहिले ब्याटिंग गर्ने छ भने हरेक टिमसँग २ विकेट मात्र हुनेछ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved