काठमाडौँ मै पक्राउ परेका थिए गोरे, क्याप खोल्न अनुरोध गर्दा अश्लिल शब्द प्रयोग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 12:24:33 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन तस्करीका मुख्य नाइके र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्। प्रहरीले आज मंगलबार बिहान उनलाई पक्राउ गरेको हो । गोरे भारतबाट नेपाल आएको र उनी काठमाडौँ मै रहेको सुचना प्रहरीले ३ दिन अगाडि पाएको थियो । 

३३ किलो सुन प्रकरण अनुसन्धान गर्दै जाँदा ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धान समितिले पत्ता लगाएको थियो ।  गोरेलाई आज बिहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौँ महानगरपालिका ८ गौरीघात स्थित उनी उनी बसिरहेको घर बाट पक्राउ गरिएको हो । उनलाई काठमाडौँमा सार्बजनिक गरेर मोरंग लगिने छानविन समितिले जनाएको छ ।  उनी बिरुद्द मोरंगमा नै मुद्दा दर्ता भएकोले उनलाई मोरंग लैजान लागिएको हो । 

 सार्बजनिक गर्ने क्रममा गोरेले उपस्थिति भएकाहरुलाई अश्लिल शब्द प्रयोग गरे ।  रातो क्याप लगाएका उनलाई क्याप खोल्न अनुरोध गर्दा उनले क्याप र मुकुण्डो समेत खोल्दै 'ल हेर....' भन्दै अश्लिल शब्द प्रयोग गरेका हुन् । 

गोरे पक्राउ परेसंगै अब यस प्रकरणमा फरार अभियुक्तको संख्या ३३ कायम भएको छ भने अदालतमा ३२ जना बुझाईएको छ ।  अनुसन्धान समितिले जेठ मसान्तसम्मको म्याद पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved