यसरी पर्दाफास भयो कम्पनी रजिष्टारका कर्मचारीको ७० करोडको किर्ते काण्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 12:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनी रजिष्टारको कार्यालयको काम प्रभावित भएको कारणको खोजी गर्दा उनीहरु पक्राउ परेको थाहा भएपछी बिजपाटी डटकमले यसबारे समाचार प्रकाशित गरेको थियो। नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंजले अनुसन्धान प्रभावित हुने जनाएपछी बिजपाटी डटकमले कम्पनी रजिष्टारका कर्मचारी पक्राउ भनेर मात्र समाचार लेखेको थियो। 

कम्पनी रजिष्टारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ७० करोडको सम्पती कम्पनीका पुर्वकर्मचारीको नाममा सारिदिएका थिए। नक्कली कागजातको आधारमा नामसारी गरिएको पाईएपछी व्यरोको टोलिले कम्पनी रजिष्टारका आधा दर्जन उच्च कर्मचारी पक्राऊ गरेको हो। 

कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायण प्रसाद पोखरेल र उमेश मान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय आइटी शाखामा करारमा कार्यरत ‍२ जना कर्मचारीहरूलाई पक्राउ गरिएको छ। तर किर्ते काण्डमा मुछिएका कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना कर्मचारी हाल फरार छन। 

भएको के थियो ?

कम्पनीका वास्तविक मालिक भारतीय नागरिक राम निरंजन जटियाको नाममा रहेको शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर किर्ते गरि उनकै कम्पनीका पुर्व कर्मचारी जित वहादुर मगरको नाममा सारियो। आफु नै मालिक हो भनि जित बहादुरले कम्पनीको नाममा रहेको बालुवाटार स्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नम्बर ९ को कित्ता न. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोटको जग्गा वेचबिखन गर्न वैना गर्दै हिडे। 

जित बहादुरको यस्तो हर्कतबारे ब्युरोको टिमलाई जानकारी भयो। र ब्युरोको अनुसन्धानमा कम्पनी रजिष्टारका उच्च तहका कर्मचारीकै मिलोमतोमा यस्तो काम खुल्न आएको हो। 

घटनाको विवरण

भारतीय नागरिक जटियाको घरबाट कम्पनीको कागजात चोरी गरि बिगत १६ बर्षदेखि निजकै घरमा काम गर्दै आएका रामेछापका जित बहादुरले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि आफ्नो बनाए। जित बहादुरले काठमाण्डौ,चन्द्रागिरी का निरज कुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी कम्पनी आफ्नो नाममा ल्याएको अनुसन्धानमा खुलेको हो। 

कम्पनीको नाममा रहेको करिव ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने उद्देश्य राखी काम गर्ने मध्ये १२ जनालाई पक्राउ गरी बिधुतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान कार्य पश्चात अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौंमा पेश गरिएको छ। 

ब्युरोको टोलिले  राजन प्रसाद लम्साल, निरज कुमार मानन्धर , जित बहादुर मगर ,पुण्य प्रसाद खरेल र कम्पनी रजिष्टारका गरि १२ जनालाई पक्राउ गरि कारबाहीको लागि सिफारिस गरेको छ।   


    





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved