१२ लाखको लोभले यसरी फसे कम्पनी रजिष्टारका आधा दर्जन उच्च कर्मचारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 10:40:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मालिकलाई थाहै नदिई करिब ७० करोडको सम्पती पुर्वकर्मचारीको नाममा सारिदिएको आरोपमा पक्राउ परेका कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारी बिरुद्द मुद्दा दायरको तयारि थालिएको छ। 

नक्कली कागजातको आधारमा नामसारी गरिएको पाईएपछी कम्पनी रजिष्टारका अधिकृतद्धोय नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा कम्युटर शाखामा कार्यरत २ कर्मचारीलाई पक्राउ परेका थिए भने २ उपरजिष्ट्रार धर्मराज रोकाय र गंगाधर पौडेल हाल फरार रहेका छन।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका मालिकलाई थाहै नदिई त्यहि कम्पनीका पुर्वकर्मचारीको नाममा कम्पनीको सेयर नामसारी गरेको आरोपमा रजिष्टारका कर्मचारी सहित कुल १४ जना बिरुद्ध नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोको टोलिले मुद्दा दायरको तयारि थालेको छ। 

उनीहरु बिरुद्दको मुद्दा आइतबार जिल्ला अदालत काठमाडौंमा दायर हुने जनाइएको छ। रजिष्ट्रार कार्यालयका ६ जना कर्मचारीलाई 'भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर हुने भएको छ। त्यसैगरी किर्ते काण्डमा सामेल अन्य ८ जना विरुद्ध 'ठगि महल' अन्तर्गतका जरिवाना र जेल सजायको माग गर्दै मुद्दा दायर हुनेछ।

वास्तविक मालिक भारतीय नागरिक राम निरंजन जटियाको नामको कम्पनी पुर्वकर्मचारी जित वहादुर मगरको नाममा 'किर्ते' गर्न रजिष्टारका कर्मचारीहरुले १२ लाख लिएको स्रोतको भनाई छ। दुई उपरजिष्टारको दबाबमा आइटी बिभागका दुई कर्मचारीलाई कम्पनीको अर्को आइडी 'कोड'  बनाउन लगाई किर्ते गरिएको रजिष्टार कार्यालयको एक कर्मचारीले बिजपाटीलाई बताए। 

सीआइबीका प्रवक्ता सानुराम भट्टराईले फरार दुई उपरजिष्टारको खोजि कार्य जारि रहेपनि रजिष्टार भवनहरु अर्यालले उनीहरु बिदामा बसेको बताए। अर्यालले उपरजिष्ट्रारको काम छिट्टै सुरु हुने भन्दै अल्झाउने काम गर्दा सेवाग्राहीहरुले भने सास्ती भोग्नु परेको छ।  

यसरी पर्दाफास भयो कम्पनी रजिष्टारका कर्मचारीको ७० करोडको किर्ते काण्ड

कम्पनी रजिस्ट्रार कार्यालयका आधा दर्जन उच्च कर्मचारी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved