नक्कली एटिम बनाउने गिरोह प्रहरीको फन्दामा, यसरी गर्नुहोस आफ्नो एटिएम कार्डको सुरक्षा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 09:39:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली एटिएम कार्ड बनाउने ५ जना पक्राउ परेका छन। यसरि पक्राउ पर्नेमा ३ जना भारतीय र दुई जना नेपाली रहेको महानगर प्रहरी परिसरले जनाएको छ। 

भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जनाएका छन। उनका अनुसार जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतमको नाम खुलेको छ। 

अनुसन्धानको क्रममा उनीहरुको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको छ। उनीहरूले नक्कली एटिमबाट पैसा चोरेको या नचोरेकोबारे अनुसन्धान भइरहेको छ ।  

चाडपर्व नजिकिदै गर्दा नक्कली एटिएम कार्ड बनाउने गिरोह सक्रिय हुने गर्छन। यस्तो अवस्थामा समस्याको व्यवस्थापनका लागी हामी स्वयमले एटिएम कार्ड प्रयोगमा साबधानी अपनाउनु आवश्यक छ। साना साना गल्तिका कारण दिन रात एक गरेर पसिना बगाएर कमाएको कमाई एकै छिनमा गुम्न सक्छ। एटिएम कार्डको सुरक्षासंग जोडिएका केहि महत्त्वपूर्ण टिप्स बारे जानकारी हुँदा यस्तो ठगिबाट बच्न सकिन्छ।  

के तपाईको एटिएम कार्ड सुरक्षित छ ? जान्नुहोस्, एटिएम कार्डको सुरक्षासंग जोडिएका १० टिप्स

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved