पिओएस मेसिनबाट अवैध कारोबार गर्ने प्रदिप पक्राउ, कार्ड घोटेर १ करोड ठगि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 05:29:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली कार्डको प्रयोग गरि पिओएस (प्वाइन्ट अफ सेल्स) मेसिनबाट अनधिकृत रुपमा कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नुवाकोट विदुर नगरपालिका वडा नम्बर २ घर भएका २९ वर्षीय प्रदीप न्यौपानेलाई गत शुक्रवार पक्राउ गरेको हो।

न्यौपानेले डिएमके नामको इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी दर्ता गराइ सनराइज बैंकबाट पिओएस प्राप्त गरि अबैध रुपमा कारोबार गर्ने गरेको व्यूरोका एसपी सानुराम भट्टराईले जानकारी दिए।  

न्यौपानेले उक्त मेसिन बेलुका आठ बजेपछि मात्र घोट्ने (रिड) गरेको अनुसन्धानमा खुलेको छ। गत असार २२ गतेदेखि भदौ ५ गतेसम्म १६३ पटक कार्ड नक्कली कार्ड घोट्दा न्यौपानेले १ करोड २ लाख १९ हजार रुपैयाँको कारोबार गरेपनि २२ लाख ७७ हजार मात्र ट्रान्सफर गर्न सफल देखिएको खुल्न आएको छ। ट्रान्सफर भएको उक्त रकम न्यौपानेले आफ्नै कम्पनीको बैंक खातामा पठाएर झिक्ने गरेको अनुसन्धानबाट खुलेको छ।  

कार्डबाट कारोबार गर्दा न्यौपानेले विदेशी नागरिकको पासपोर्टलाई आइडीका रूपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग भएको देखिन आएको छ। न्यौपाने बिरुद्द उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिइ बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान कार्य भइरहेको एसपी भट्टराईले बताए।

यस अघि एटिएम मेसिनबाट नक्कली कार्ड प्रयोग गरि सर्वसाधारणको खाताको रकम झिक्ने गरेको पाइएकोमा न्यौपानेले पीओएस मेसिन नै घरमा लगेर अबैध कारोबार गर्ने गरेको देखिएको छ।   

के तपाईको एटिएम कार्ड सुरक्षित छ ? जान्नुहोस्, एटिएम कार्डको सुरक्षासंग जोडिएका १० टिप्स

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved