निर्मला हत्या प्रकरणमा यसरी यु टर्न भए छानविन समितिका केसी (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 09:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्मला पन्त प्रकरण प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने बिरेन्द्र बहादुर केसीले फेरि काममा फर्केको घोषणा गरेका छन।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि समितिको सदस्यबाट राजिनामा दिएको ३ दिन नबित्दै केसीले गृह मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि काममा फर्किएको घोषणा गरेका हुन।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ ७ गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेकाकेसीले फेरि काममा फर्किएको घोषणा गरेका हुन। छानबिनका क्रममा आफुमाथी बिभिन्न धम्कि आएको भनि हत्यारा पत्ता नलाग्ने कारण देखाएर राजिनामा दिएका केसीले फेरी काममा फर्किनुले अनुसन्धानमा गम्भीर षडयन्त्र भएको आशंका गरिएको छ।  

केसीले बुधबार गृहमन्त्रालय र उच्चस्तरीय छानविन समितिका संयोजकसँगको छलफलपछि मन्त्रालय र आफ्नो समेत बास्तविक दोषी पत्ता लगाई  कारवाहीको दायरामा ल्याउने उद्देश्यमा एकमत भएकाले काममा फर्किएको बताएका छन। समितिको थप भएको अवधिमा छानविन कार्यमा फेरि संलग्न भई निश्पक्ष छानविन गर्नसके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्केको केसीद्वारा जारि प्रेस बिज्ञप्तीमा उल्लेख छ। 

पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग २ घण्टा लामो छलफल भएको र सो क्रममा अाफ्नाे सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको दाबि गरेका छन। तर उनले यस अघि राजिनामा घोषणा गर्दा गृहमन्त्री र संयोजकले आफ्नो कुराको कुनै सुनुवाई नगरेको बताएका थिए। 

कहाँबाट धम्की आएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले  भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको बताए । उनले भने, ‘भदौ १५ गते मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’ त्यसपछि आफ्नो हत्याको योजना बनेको बुझेर समितिबाट अलग भएको उनको प्रष्टिकरण थियो । 

अनुसन्धानको दायर फराकिलो बनाउनुपर्छ भन्नेमा गृहमन्त्री रहेको भन्दै अब वास्तविक हत्यारा पत्ता लाग्ने पनि विश्वास व्यक्त गरे।  संचारकर्मीको दर्जनौं प्रश्नको उत्तर दिन नसकेका केसीको व्यवहार नै शंकास्पद देखिएको छ। सुरक्षाको कारण देखाउदै राजिनामा दिएको ३ दिन नबित्दै घटनाको छानबिन गर्न बनेको समितिमा फर्किनुले कयौं प्रश्न उब्जाएको छ। 

'तीन दिन अगाडी असुरक्षित उनि आज कसरि सुरक्षित भए ? रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि राजिनामा दिएका केसीलाई गृहमन्त्रालय भित्रैको कार्यालयमा पत्रकार सम्मेलन गर्ने अधिकार केसीले कसरि पाए ? हिजो अपराधी समात्न सकिदैन भन्दै राजिनामा दिएको समितिले अब अपराधी समात्न सक्छ भन्ने बिश्वास उनलाई कसरि भयो ? हिजोसम्म कुनै सुनुवाई नगरेका संयोजक लगायतका समितिले ३ दिन मै उनको कुरा सुन्न किन बाध्य भयो ? हिजो मत मिलेन भन्ने केसीको मत आज कसरि मिल्यो ?' उनले यी उल्लेख कुनै पनि प्रश्नको उत्तर दिन नसक्दा बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय निर्मलाको आत्माले शान्ति पाउँछ र निर्मलाको परिवारले न्याय पाउँछ भन्नेमा ठुलो प्रश्न खडा भएको छ।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved