पुलिसले ‘मानसिक रोगी’लाई लाठी र बुट बर्साएपछी ...(भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 10:39:54 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय प्रहरी संगठन विवादित बनिरहँदा मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमा प्रहरीको चर्को आलोचना भएको छ।  

एक पसल अगाडी बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद हुँदा उक्त घटना नियालिरहेका प्रहरीले विवाद मिलाउनुको ठाउँमा उल्टै मानसिक रोगिलाई कुटपिट गरेको भिडियो बाहिरिएको हो। उक्त भिडियो ‘मर्निङ वाल्क’ मा रहेका लेखक दिलनिशानी मगरले खिचेका हुन् ।  

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले उक्त घटना प्रति दुख व्यक्त गर्दै यस प्रकारका घटनाले संगठनकै आलोचना भएको बताए। 'हाम्रो ड्यूटी अफिसरलाई पनि यो बारेमा प्रश्न गर्दै फोन आएपछि घटनाबारे थाहा भएको हो, जे भयो गलत भयो' उनले भने।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved