आत्महत्या गर्न हिडेका व्यक्तिलाई प्रहरीले यसरी बचायो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 07:51:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आत्महत्या गर्न भनि हिडेका व्यक्तिको प्रहरीद्वारा सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरीले आत्महत्या गर्न भनि हिडेका काठमाडौं बस्ने गोरखा छोप्राकका संजय गुरुङलाई सकुशल उद्धार गरेको हो। 

प्रहरीका अनुसार २४ बर्षिय गुरुङले घरबाट निस्केको केहि समय पश्चात आफु आत्महत्या गर्दैछु भनि दिदि सोनी गुरुङलाई म्यासेज पठाएका थिए। दिदि सोनी गुरुङले उक्त कुरा प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तत्कालै ती युवाको उद्धार गरेको हो। 

प्रहरी अपराध महाशाखाको प्रहरी टोलिले काठमाडौंको तार्केश्वर वडा ११ शेषमतीबाट गुरुङलाई उद्धार गरि अनुसन्धान पश्चात आफन्तलाई जिम्मा लगाएको हो। गुरुङले आत्महत्याको प्रयास किन गरे भन्नेबारे प्रहरीले केहि खुलाएको छैन।        




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved