बचतकर्ताको ४ करोड निकालेर घर जग्गा किनेका सहकारीका संचालक पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 06:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन समयमा साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको संचालक समिति सदस्य अजय महर्जन पक्राउ परेका छन। ठगि मुद्दामा फरार महर्जन ताहाचल काठमाडौंबाट पक्राउ परेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ। 

निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज र उपहारको प्रलोभनमा पारि उनीहरुको निक्षेपको दुरुपयोग गरेको भन्दै महर्जनलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर्याएको थियो। महर्जन र उनका साथीहरुले निक्षेपकर्ताहरुबाट  संकलित ४ करोड १७ लाख रुपैयाँ हिनामिना गरि आफ्नो नाउँमा घर जग्गा खरिद गरि निक्षेपकर्ताको सावा व्याज समेत फिर्ता नगरी ठगी गरेका थिए।

उक्त ठगि प्रकरणमा संलग्न रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठ समेत दुई जनालाई ब्युरोको टोलिले साउन २०७५ साउन १० गते नै पक्राउ गरेको थियो। फरार महर्जनलाई ब्युरोको टोलिले हिजो (असोज २२) पक्राउ गरेको हो।   

अदालतको २०७२ बैशाख १७ गतेको फैसलाले महर्जनलाई ४० लाख ७८ हजार ८८१ रुपैयाँ जरिवाना सुनाएको थियो। अदालतको फैसला कार्यन्वयनका लागि महर्जनलाई ब्युरोको टोलिले महर्जनलाई केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाएको प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।       

    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved