जलाएर दम्पतिको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 06:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

खडक नगरपालिका–५ मा ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । 

छिमेकी सरस्वती चौधरीका अनुसार दुवैको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएको छिमेकी सरस्वती चौधरीले बताए । 

साह दम्पतिका छोरा, बुहारी छुटिएर अन्तै  बसेकाले साह दम्पती मात्र घरमा बस्ने गरेका थिए । घरकै एक सटरमा धान, गहुँ , मसला पिँध्ने मिल चलाएर बसेका थिए । साहले गाउँलेलाई ब्याजमा लाखौँ रुपैयाँ ऋणकर्जा दिने गरेको छिमेकीको भनाइ छ । मिलनसार स्वभावका साह दम्पतीको गाउँमा कसैसँग झगडा र विवाद नभएको छिमेकी बताउँछन् । 

हत्यारालाई चाँडै पत्ता लगाउने दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अपराधी पत्ता लगाउन कुनै किसिमको लापरवाही नहोस् भनेर शुरुआतदेखि नै तालीम प्राप्त कुकुर र फोरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved