२२ महिने छोराको घाँटी रेटेर हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 12:13:32 AM मा प्रकाशित

laxmi  sunrise bank

भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन्। २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेको स्थानीयले जनाएका छन। 

स्थानीयकाअनुसार उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले अचानोमा राखेर घाँटी छिनाएर हत्या गरेकी हुन् ।रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बुवा सूर्यबहादुर थापा कार्यालयको कामले सदरमुकाम वाहिर गएको बेला यो घटना भएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए। आफ्नै सन्तानको हत्याको आरोपमा प्रहरीले सम्झनालाई पक्राउ गरेको छ। घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved