नबिल लगायत दर्जन बैंकका एटिएम दुरुपयोग, चोरीको कार्डबाट २० लाख निकाल्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2019 | 06:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बिभिन्न बैंकका ग्राहकहरुको कार्ड दुरुपयोग गरि राष्ट्रिय बाणिज्य बैंकको (आरबिबि) एटिएमबाट पैसा निकाल्ने व्यक्ति पक्राउ परेका छन। प्लास्टिकको म्याग्नेटिक कार्डको प्रयोग गरि बाणिज्य बैंकका काठमाण्डौका एटिएम मेसिनबाट २० लाख निकालेको आरोपमा ति ब्यक्तीलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखा केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंजले जनाएको छ। 

नबिल, सेन्चुरी, प्रभु लगायतका बैंकका ग्राहकको कार्ड आरबिबि का एटिएम मेसिनमा घुसाएर पैसा झिकेको आरोपमा बारा पिपरबानीका हाल काठमाण्डौको शंखमूल बस्नेत ३३ बर्षिय राजकुमार पाण्डेलाई असार ५ गते पक्राउ गरिएको प्रहरी उपरिवेक्षक तथा प्रवक्ता दिपक रेग्मीले जानकारी दिएका छन। थप अनुसन्धानको लागि उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरिएको रेग्मीले बताए।   

रेग्मीकाअनुसार पक्राउ परेका पाण्डेको साथबाट बिभिन्न १२ बाणिज्य बैंकका ग्राहकहरुको एटिएम कार्ड सहित नगद ६ लाख ८६ हजार रुपैयाँ बरामद भएको छ। पाण्डेले ७ महिना अघि काठमाण्डौको ठमेलमा चिनजान भएका रोमानियाका तीन नागरिकसंग मिलेर यस्तो अपराध गर्दै आएको अनुसन्धानमा खुल्न आएको छ। 

पाण्डेले बिदेशीहरुलाई भिभिन्न एटिएम बुथमा पुर्याएर त्यहाँबाट निकालेको पैसा बिदेशी नागरिकसंग बाड्ने गरेको खुल्न आएको छ। उनले जुन बिदेशी नागरिकसंग मिलेर 'धन्धा' चलाउदै आएका थिए, ति बिदेशीहरुले अहिले नेपाल छाडिसकेको ब्युरोले जनाएको छ।

दण्डहिनता बिरुद्दको अभियानमा लागेको केन्द्रिय अनुसन्धान ब्युरोले हालसम्म ९५ लाख ६३ हजार ८५० नेपाली रुपैयाँ, ७५ हजार २२५ अमेरिकी डलर, फिलिपिनी ४७० तथा बिभिन्न बैंकका १२६९ एटिएम कार्ड बरामद गरेको छ। त्यस्तै यस्तो अपराधमा हालसम्म २४ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा ६ नेपाली, ४ रोमानियन, ४ टर्किस, ४ बुल्गेरियन, २ भारतीय र ४ माल्दोभिनी रहेका छन।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved