चिनियाँ ह्याकरले बैंक लुट्न किन रोजे नबिल, एसबिआइ र इन्भेष्टमेन्ट कै एटिएम बुथ ? (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2019 | 02:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पेशेवर पाँच चिनियाँ ह्याकरले पाँच घण्टामा नेपाली बैंकबाट एक करोड ६८ लाख लुटेको खुल्न आएको छ। उनीहरुले प्रणाली नै ह्याक गरेर नेपालका ९ बैंकलाई माध्यम बनाएर पैसा लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

नेपाल प्रहरीका अनुसार, उनीहरुले नेपालका ९ वटा बैंकलाई माध्यम बनाउँदा तीनवटा बैंकको एटिएम बुथ प्रयोग भएको छ भने ६ वटा बाणिज्य बैंकको एटिएम कार्डको प्रयोग भएको छ।   

उनीहरुले ग्लोबल नेटवर्क 'भिसा' र नेपालको स्विच 'नेप्स' को बीचमा 'आर्टिफिसियल' सिस्टम प्रयोग गरेर तीनवटा एटिएम बुथबाट ६ बाणिज्य बैंकको कार्ड घोटेर पैसा झिकेको पाइएको छ। चिनियाँ नागरिकले १ करो ड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेको नेप्सले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ। यसबाहेक ह्याकरहरुले नेपाली बैंकका कार्ड प्रयोग गरेर भारत र भुटानबाट समेत करिब ८० लाख रुपैयाँ झिकेको आशंका   छ। 

पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको कार्ड प्रयोग भएको छ।

नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्टको बुथ नै प्रयोग किन ?

चिनियाँ ह्याकरले शनिबार बिदाको दिन पारेर नेपालको चार मध्ये एउटा स्विच 'नेप्स' को प्रणाली ह्याक गरेर पैसा झिकेका छन। नेप्समा आबद्द नभएका बैंकको बुथ प्रयोग गर्दा सम्बन्धित बैंकको सिस्टममा जानकारी नहुने हुँदा उनीहरुले नबिल नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्टको बुथ प्रयोग गरेको पाइएको छ।

नेपालमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल र नेप्स गरि चारवटा स्विच रहेका छन। चिनियाँ ह्याकरले नेप्सको प्रणाली ह्याक गरि नेप्समा आवद्द नभएका र अर्को स्विच भएका बैंकबाट पैसा झिकेका छन। 

यसरी पक्राउ परे ह्याकर 

नबिल बैंकको दरबारमार्ग स्थित एटिएम बुथबाट अस्वाभाविक रुपमा पैसा झिकेको खबर प्राप्त गरेपछि नेपाल प्रहरीले थालेको केहि घण्टामा नै ह्याकरलाई पक्राउ गर्न सफल हुँदा बैंकिंग उद्योग ठुलो जोखिमबाट बचेको छ। 

बुथबाट नै पक्राउ परेका चिनियाँ नागरिकको साथमा रहेको साँचो देखेपछि प्रहरीले हात्तीसर स्थित माया मनोहर बुटिक होटलको कोठा नम्बर ६०१ , ६०२ र ६०४ बाट अन्य ह्याकरलाई प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको बिशेष टोलिले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीले जानकारी दिएका छन। पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्।

जिम्मेवार कसले लिने ?   

बिभिन्न बैंकको प्रयोगबारे निकालिएको १ करोड ६८ लाख मध्ये नेपाल प्रहरीले १ करोड ३६ लाख बरामद गरेको छ। त्यस्तै भारत र भुटानबाट समेत पैसा निकालिएको आशंका गरिएको छ। 

ह्याकरले एटिएम र ग्लोबल स्विच 'भिसा' को प्रणाली ह्याक गरि पैसा झिकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसमा नेपालको स्विच 'नेप्स' र 'भिसा' बीचको सम्बन्धलाई छेडछाड गरि पैसा झिकिएकाले सम्भवत: भिसा वा नेप्स पनि जिम्मेवार हुनुपर्ने बताइएको छ। 

यद्दपी कुनै ग्राहकको नभई एटिएममा राखिएको पैसा नै झिकिएकाले यसबाट निक्षेपकर्तालाई कुनै हानि नभएको र नोक्सानी भएको पैसा तिर्नुपरे सम्बन्धित बैंकले नै व्यहोर्ने बाणिज्य बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताएका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved