नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोह पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 04:43:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह पक्राउ परेको छ। स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ,काठमाण्डौको टोलिले अनुसन्धान गर्दै जाँदा नक्कली स्मार्ट लाईसेन्स फेला पारी पक्राउ गरी सोधपुछ गर्दा उनीहरुको अपराध खुल्न आएको हो।

दिपक ब्लोन भन्ने व्यक्तिले पुतलीसडकबाट नक्कली स्मार्ट लाइसेन्स बनाई बिभिन्न व्यक्तिलाई बिक्रि गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। पक्राउ पर्नेबाट नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड लगायतका सामग्री बरामद भएको छ।       



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved