विदेश पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने व्यक्ति पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 04:30:01 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश पठाइदिने भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भई हाल काठमाण्डौको गौशाला बस्दै आएका २४ वर्षीय राधे साह रहेको प्रहरीले जनाएको छ । 

साहले दुबई र मलेशियामा वर्किङ भिषामा पठाइदिने भनी ९ जना व्यक्तिहरुबाट ११ लाख ४२ हजार दुई सय रुपैयाँ लिएर फरार भएको आरोप सहितको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीले उनलाई बुधबार काठमाण्डौको पिङ्लास्थानबाट पक्राउ गरेको जनाएको छ । साहलाई थप अनुसन्धानका लागी महानगरीय प्रहरी परिसर टेकुमा पठाएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved