विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 01:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने व्याक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लङ घर भई हाल काठमाण्डौको रानीवन बस्दै आएका शिव कुमार मगर रहेका छन् । 

३८ बर्षिय मगरले दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी १० लाख त्रिपन्न हजार एक सय रुपैयाँ ठगी गरेको आरोप छ । उनले उक्त रकम विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरुबाट लिएपछि सम्पर्कमा विहिन भई रकम  ठगी गरेको भनि खगेन्द्र चौधरीले जाहेरी दिएका थिए । अनुसन्धानको क्रममा प्रहरीले सोमबार गोंगबुबाट मगरलाई पक्राउ गरेको जनाएको छ । 

थ्प अनुसन्धानकालागि मगरलाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved