सौतेनी आमाको हत्या गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 05:02:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सौतेनी आमाको हत्या गर्ने व्याक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ्गका  ५८ वर्षिय कान्छा थापा भन्ने रण बहादुर थापा रहेका छन् । 

थपालाई धादिङ्गको रानीबारीबाट विहिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापा १८ वर्ष अघि सौतेनी आमाको हत्या गरी फरार रहेका थिए । 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय धादिङ्गमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापाले २०५८ साल माघ १४ गते सौतेनी आमा साईली थापालाई आफ्नै घर भित्र घाँटी थिची हत्या गरेका थिए । उनले अंशको विवादका कारण सौतेनी आमाको हत्या गरेको प्रहरीको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved