रकम नभएको चेक दिने पक्राउ, २४ लाख जरिवाना हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 02:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चेक बाउन्सका फरार अभियुक्त पक्राउ परेका छन् । चेक बाउन्सको अभियोग लागेपछि फरार रहेका नुवाकोट जिल्लाका ४३ वर्षीय पारस लोहनी पक्राउ परेका हुन् । 

ललितपुरको तिखिदेवलमा बस्दै आएका लोहनी सोमबार काठमाण्डौं मातातिर्थबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी आकाश लामिछाने र अन्य दुई जनालाई झुक्यानमा पारि बिभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएका थिए । उक्त घटना पश्चात लामिछानेले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

लामिछानेले दिएको जाहेरी पश्चात उच्च अदालत पाटनले २०७६ माघ १९ गते लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरीमाना हुने फैशला गरेको थियो । उक्त फैसला पश्चात लोहनी फरार थिए । उनलाई फैसला कार्यन्वयनको अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved