अबैध अन्तराष्ट्रिय कल बाईपास गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 06:58:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमीका ३३ वर्षीय हरि शंकर श्रेष्ठ रहेका छन् ।


काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरी श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँको खिचापोखरीबाट अवैध रुपमा संचालन गरी रहेको अवस्थामा फेला पारी श्रेष्ठलाई पक्राउ गरीएको हो ।


त्यस्तै उनीबाट ८ पोर्टको ओपन भोक्स गेट वे १ थान, एकाडेप्टर मोडल साहो२८एफ लेखिएको चार्जर एक थान  एनसीएलको सिम ८ थान समेत बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । सोमबार पक्राउ परेका उनी उपर आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।


साथै, अवैध भिओआईपी बिरुद्धको सीआईबीको कारवाहीका क्रममा हालसम्म ११२ स्थानहरुबाट विभिन्न दुरसंचार कम्पनीका २३ हजार ९८१ थान सिम र उपकरणहरु सहित नेपाली नागरिक  १३२ र विदेशी नागरिक ३८ गरी जम्मा १७० जनालाई पक्राउ पक्राउ परीसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हालसम्म पक्राउ प्रतिवादीहरु बिरुद्ध १२ अर्ब २० करोड ५२ लाख ५२ हजार ३२७  रुपैयाँ बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरीएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved