एनसेलले ल्यायो दशैँ तिहार लक्षित ‘दोब्बर पैसा ब्याक’ अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 06:35:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मोवाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ। यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मुख्य ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन्।


 
एनसेलले ल्याएको यो योजना आज (बिहीबार)बाट लागु भएको छ। यो योजनामा सहभागी हुनका लागि एनसेलका प्रिपेड ग्राहकले १७१२४ मा डायल गर्नुपर्ने एनसेलले जानकारी दिएको छ। एनसेलले ल्याएको यो योजना ९० दिनका लागी मात्र लागु हुने छ।  
 
यसरी सेवा सुचारु गरेसँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन्। उक्त रकम बराबरको मुख्य ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन्।
 

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्। बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुने एनसेलले जनाएको छ। 
 
भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मुख्य ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन्। यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गर्ने एनसेलका कर्पोरेट संवादविज्ञ मिलनमणी शर्माले जानकारी दिए। 
 
'चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग अझ बढि सम्पर्कमा रहन चाहन्छौं' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। 'ग्राहकको यहि चाहनालाई कदर गर्दै यो योजना ल्याएको छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ।'
 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved