भृकुटीण्डपमा चाडपर्व लक्षित स्टक क्लियरेन्स मेला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 10:45:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको आयोजक इभेण्ट सोलुसन प्रालिले असोज ११ गतेदेखि नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको जनाएको छ । 

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका स्टलहरु रहने छन् । एकसय भन्दा धेरै स्टलहरु रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । 

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ एक्सपोको आयोजना गर्न लागिएको हो । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ प्रधानले भने । 

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved