हुन्डाईको चाडपर्व अफर : निशुल्क बिमादेखी सुनसम्म उपहार

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 06, 2018 | 06:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले दशैँ, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा फेस्टिभ डिलाइट योजना ल्याएको छ । भदौ २१ देखि कात्तिक २७ सम्म लागू हुने योजनामा ग्राहकले आकर्षक नगद छुट तथा १ वर्षको निशुल्क बिमा सुविधा पाउने छन् । 

स्क्र्याच कुपनमार्फत थप १ लाखसम्म नगद छुट, लक्की ड्रमार्फत १ सय जनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहारमा लक्की ड्रमार्फत हुन्डाई आई ट्वान्टी एक्टिभ र हुन्डाई क्रेटा दिइने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार हुन्डाईका सबै गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ तथा निशुल्क सवारी कर भुक्तानीका सुविधा छ । देशभरका ११३ शोरुम तथा १५ सर्भिस सेन्टरहरुबाट यो सेवा उपलब्ध हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved