दशैँका लागी मात्रै भारतबाट ६० करोडका खसीबोका ल्याईदै, कहिले हुने आत्मनिर्भर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 12:55:28 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँलाई लक्षित गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने भएका छन् । दशैँमा मासुको खपत धेरै हुने भएकाले स्वदेशी उत्पादनले धान्न नसक्ने भएपछि ४४ हजार खसीबोका भारतबाट ल्याउन लागिएको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ ।

दशैँ, तिहारमा ५५ हजार खसीबोका र भेडाच्याङ्ग्रा खपत हुने गरेको छ । त्यसमध्ये २० प्रतिशतमात्र स्वदेशी उत्पादनले धान्ने गरेको छ । दशैँ र तिहारमा झण्डै ७७ करोड रुपैयाँको कारोबार हुने आँकलन पनि गरिएको छ । 

बजारको माग अनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय परनिर्भरता रहेको कायमै छ । ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ, ८० प्रतिशत खसिबोका बाहिरबाटै आउँछन्’ संघका पूर्वअध्यक्ष गोविन्द पाठकले भने । 

सरकारले मासुमा आत्मनिर्भर हुन बर्षेनी अर्बौं रुपैयाँ लगानी गरेपनि भारतसँगको परनिर्भरता हट्न सकेको छैन । परनिर्भरता हटाउने सरकारी योजनाले हावा खाँदा दशैँ तिहारको समयमा मँत्रै आधा अर्ब रुपैयाँभन्दा बढी रकम भारत जाने भएको छ ।

चाडवाडमा सहरी क्षेत्रमा खसी–बोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याउने तयारी गरिएको छ । 

नेपाल खाद्य संस्थानले तीन करोड ४९ लाख रुपैयाँका भेडाच्यांग्रा खरिद गरेर ल्याउने भएको छ । उपभोक्तालाई सहुलियतमा मासु उपलब्ध गराउन दाङबाट पाँच सय, मकवानपुरबाट पाँच सय खसी र मुस्ताङबाट एक हजार भेडाच्यांग्रा ल्याउन लागिएको हो । भेडाच्यांग्रा खरिद प्रक्रिया सुरु गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । ‘घटस्थापनाबाट बिक्री गर्ने योजना बनाएका छौं,’ सापकोटाले भने, ‘मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।’

चाडबाडको बेलामा गुणस्तहीन मासु लगायत वस्तुको बिक्री वितरण रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली गठन अनुगमन गर्ने जनाएका छन् । सरकारले अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने योजना अघि बढाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयले पशुजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने योजना बनाएको जनाएको छ । 

यसअघि : 

मासुमा पनि भारतकै भर, आयात टनका टन निर्यात शून्य, किन बन्न सकेन आत्मनिर्भर ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved