वेस्टर्न युनियनबाट पैसा निकाल्दा दैनिक १५ हजार देखी बम्पर उपहारमा ५ लाख जित्ने अवसर

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2018 | 04:58:43 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै ठूलो भुक्तानी सेवा  कम्पनीका रुपमा रहेको वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैँ, तिहार र छठको अवसरमा ‘खुसीको पर्व’ योजना ल्याएको छ । 

यस योजना अन्तर्गत आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गर्ने वेस्टर्न युनिउनले जनाएको छ । यस योजनामा सहभागी हुन वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमीट, माया रेमिट प्रा.ली, नबिल बैक, डिजीटेक रेमिट्यान्स प्रा.ली र सूर्य रेमिट प्रा.ली र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।  

यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक १५ हजार जित्नेछन् । योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख जित्ने जनाईएको छ । यो योजना ७ असोज देखि कात्तिक मसान्तसम्म लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved