ताम्राकार कम्प्लेक्समा मोबाइल मेला, खरिदमा ६० प्रतिशतसम्मको छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 05:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ताम्राकार कम्प्लेक्सले बडादशैंको अवसरमा दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला असोज २३ गतेदेखि २०७५ असोज ३१ गतेसम्म संचालन हुनेछ ।

मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् । 

मेलामा मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । मेला ग्राहकहरुले आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved