टेलिकमको सेवामा छुटै-छुट: रिचार्जमा बोनस, अनलिमिटेड डाटा र एसएमएस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 05:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले दशैंलाई लक्षित गरि बिगतमा दिनहरुमा झैं यस बर्षपनि आफ्ना सेवाहरुमा छुट दिने भएको छ। अहिले प्रदान गर्दै आएको आफ्ना बिभिन्न सेवाहरुमा छुट दिएको टेलिकमले जनाएको छ। 

सेवाग्राहीले अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सक्नेछन। यस सेवा अन्तर्गत सेवाग्राहीले ६०० रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक पाउनेछन भने यो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सक्नेछन। सोही प्याक ७ दिन समयावधिका लागि ३०० मा नै उपलब्ध हुनेछ। यो प्याक लिनेले वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क पाउनेछन।

त्यस्तै सेवाग्राहीले भ्वाइस प्याक यस अन्तर्गत ६ रुपैयाँमा मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सक्नेछन। एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ।  भ्वाइस सुविधा टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ।

त्यस्तै डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँ मा एक दिनका लागि उपलब्ध हुनेछ। सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ। दशैं लक्षित यी अफरहरु असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ।  

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न सेवाग्राहीले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिनेच। त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ।   

टेलिकमले रिचार्जमा बोनस सेवा ल्याएको छ। आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोस  बाट रिचार्ज गर्दा बोनस प्राप्त हुनेछ। १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ। १०० र २०० को बोनस ३ दिन भित्र र ५०० र १००० को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ।  त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुने र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ। 

असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल÷एफटीटीएच÷वाइम्याक्सको समयावधि समाप्त हुने सेवाग्राहीको समयावधि कात्तिक ७ गते सम्म थप गरिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिईन। यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने उनले  बताइन।         








                                                         


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved