मोवाइलको नयाँ गन्तव्य बन्दै सिटिसि मोबाइल हब, एउटा किन्दा अर्को मोबाइल सित्तैंमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 08:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा राजधानीको सिटिसि मलमा नयाँ मोवाइल गन्तव्य सुरु हुने भएको छ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा असोज २५ देखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्दैछ । 

मोवाइल किन्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबले दशै धमाका सहित बजारमा उपस्थिती जनाउन लागेको हो । औपचारिक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोवाइ खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ ।  

सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ । 

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । 

मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने सञ्चालक संगम राइले बताए । यसका अलावा विभिन्न ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य हुनेछ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आउन लागेको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको सुबिधा उपलब्ध हुनेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved