सुपथ मूल्य पसलमा खाद्यान्न किन्दा केमा कति छुट ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 11, 2018 | 02:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खाद्य संस्थानले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यका भित्र ४ र उपत्यका बाहिरका शहरमा ९ स्थानमा संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

काठमाडौँको पुतलीसडकमा साल्ट ट्रेनिङ कर्पोरेशन र दुग्ध विकास संस्थानसँग मिलेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको संस्थानले नख्खु, जावलाखेल र थापाथलीमा भने एक्लै पसल सञ्चालन गरेको छ । 

संस्थानले सञ्चालनमा ल्याएका पसलमा चामल, सिमी र फापर पाईने संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए । संस्थानले ४ किसिमका चामल उपलब्ध गराएको जनाएको छ । बास्मती ९१ रुपैयाँबाट १० रुपैयाँ छुट दिएर ८१, गोरखनाथ ४८ रुपैयाँबाट ३८, जिरा मसिनो ६० रुपैयाँबाट ५५ र जापनीज चामल ८० रुपैयाँबाट ७० मा उपलब्ध गराईएको सूचना अधिकारी सापकोटाले जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर सञ्चालनमा रहेका पसलमा चामलमा प्रति किलो ५ रुपैयाँ, सिमी र फापरमा प्रति किलो १० रुपैयाँ छुट दिईएको छ । 

त्यस्तै बजारमा १३० रुपैयाँ प्रति किलोमा पाईने सिमीमा १० रुपैयाँ छुट दिईएर १२० मा उपलब्ध गराईएको छ । ८० रुपैयाँमा प्रति किलोमा पाईने फापरमा पनि १० रुपैयाँ छुट दिईएको छ । 

संस्थानले तुलसीपूर, धनगढी, जनकपूर, विराटनगर, पोखरा, लाहान, वीरगञ्ज, विर्तामोड र सुर्खेतमा पनि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । यसरी सञ्चालन भएका पसल कात्र्तिक २७ गतेसम्म चल्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved