अल नेपाल एक्सकर्सन टुर्स एण्ड ट्रेकले यसवर्षको दशैँमा सस्तोमा घुम्न सकिने प्याकेज ल्याएको छ । देशका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण, धार्मीक मठमन्दिरको दर्शनसँगै सिक्किम र दार्जलिङमा पनि घुमाउने भएको हो ।
दशैँ तिहारको विदामा परिवार सहित घुम्न जान चाहानेलाई अल नेपाल एक्सकर्सनले यसवर्ष मुक्तिनाथ, रारा, अपर मुस्ताङ र पोखरा सहित देशका विभिन्न ठाउँमा सस्तोमा घुमाउदैछ ।
सामान्य आर्थिक अवस्था भएकाले पनि नेपाल देख्न र घुम्न पाउन भन्ने उदेश्यले ३ वर्ष अघिदेखी सञ्चालनमा रहेको यस अल नेपाल एक्सकर्सनले सिक्किम, दार्जलिङ सहित अन्य देशमा समेत जान चाहानेलाई घुमाउने व्यवस्था गरेको छ । भारत, भुटान, तिब्बतसम्म पनि नेपालीलाई घुमाउदैछ ।
वर्षौ अघिदेखी नेपालको पर्यटनको क्षेत्रमा काम गर्दै आएका दिपेन्द्र थापा अल नेपाल एक्सकर्सनका सञ्चालक हुन । नेपालीलाई विभिन्न क्षेत्रको भौगोलिक ज्ञान बढाउन र त्यस क्षेत्रको स्थलगत अध्ययनमा समेत सहज होस् भनेर उनले अल नेपाल एक्सकर्सन सञ्चालनमा ल्याएका हुन ।
धरान, इलामको श्रीअन्तु डाडा, तिलिचो ताल, मार्दि हिमाल, पोखरा लगायतका ठाउँमा आफैँ अघि लागेर घुमाउनु दिपेन्द्रको दिनचर्या जस्तै भएको छ आजभोली । प्रकृतिका अनुपम दृश्यहरुसँग रमाउँदै उनले नेपालीलाई मात्रै नभई विदेशीलाई समेत नेपाल घुमाउने गरेका छन् ।
त्यति मात्रै नभई अन्यको तुलनामा सस्तो पनि छ । त्यसैले अहिले उनलाई धेरैतिरबाट घुमाइदिनुपर्यो भन्दै अनुरोध पनि आउँछ । उनी पनि सकेसम्म खट्छन, सबैलाई खुशी बनाउँछन् ।
अर्को विशेष कुरा के पनि छ भने, उनकै प्रेरणाले नेपालको पर्यटकीय ठाउँहरुमा होटल खोल्नेको होडबाजी नै चलेको छ । यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष टेवा पनि पुर्याएको छ । आफूसँग सम्पर्कमा आएर घुम्न चाहानेलाई दिपेन्द्रको टिमले कहिल्यै एक्लै छोड्दैन, सधै साथमा लागेर विभिन्न ठाउँको जानकारी दिँदै घुमाउँछन । उनले होटल व्यवसायीलाई सरसफाईमा ध्यान दिन पनि भनेका छन् । त्यसैले पनि आजसम्म उनले जहाँ जहाँ मान्छेलाई घुमाउन लगे, त्यहाँ कहिकतै पनि कुनै विषयमा असन्तसष्टि कसैको छैन । त्यसैले पनि उनी हँसिलो मुद्रामा आफ्नो सेवाबाट सबैलाई खुशी बनाउन सकेकोमा दंग छन् ।
नजिकिदै गरेको दशैं तिहारमा विदाको बेलामा परिवारसँग घुम्न जान चाहानेलाई लक्षित गरि अल नेपाल एक्सकर्सन बिभिन्न सस्ता प्याकेज समेत ल्याएको छ । १ रात २ दिन, ३ रात ४ दिन, ६ रात ७ दिन लगायतका विभिन्न प्याकेज मार्फत रारा, मुक्तिनाथ, पोखरा/घान्द्रुकमा यसपालीको दशैँमा अल नेपाल एक्सकर्सनले घुमाउदै छ ।
दशैँमा कार्यालय विदा हुने भएकाले केही दिनको बिदा रमाइलो बनाउन घुम्न जाने गरेका पनि छन् । नेपाल बहु संस्कृति र भौगोलिक हिसाबले पनि अनुपम छ । त्यसैले एक ठाउँको संस्कृति अन्य ठाउँमा बसोबास गर्नेहरुका लागी भिन्न हुन्छ । अरुको संस्कार, संस्कृति, अन्य ठाउँको भौगोलिक बनोट तथा प्राकृतिक सुन्दरता बुझ्न पनि भ्रमण आवश्यक हुन्छ । भ्रमण अध्ययनको राम्रो पाटो पनि हो ।
अल नेपाल एक्सकर्सनले रारा तालमा ६ रात ७ दिनको १६००० मा घुमाउने गरेको छ । सिक्किम दार्जलिङ ११००० र ९५०० मा घुमाउँदै छ । अपर मुस्ताङ २४०००, मनाङ २४०००, अन्नपूर्ण वेस क्याम्प १९५०० मा नै घुम्न सकिन्छ । मार्दि हिमाल ११५००, नैतीताल १३००० र सिम्ला मनाली १४५०० मा घुम्न सकिन्छ । यसमा आउन, जान र खाना बस्नको सुविधा प्राप्त हुनेछ ।
घान्द्रक ६०००, धरान–इलाम–जनकपूर ७०००, लमजुङको घलेगाउँ ५५००, पोखरा–चितवन–लुम्बिनी ८५०० मा नै घुम्न सकिने गरी दशै तिहार प्याकेज ल्याइएको अल नेपाल एक्सकर्सनका सञ्चालक दिपेन्द्र थापाले जानकारी दिए ।
थप जानकारीका लागि क्लिक