चाबहिल प्लाजाको दशैँ कार्निभलमा सामान किन्दा चिताह बाईक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 07:55:00 PM मा प्रकाशित

laxmi  sunrise bank

 चाबहिल प्लाजाले दशँै कार्निभल योजना संचालनमा ल्याएको छ । विजयदशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो । 

असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजना अन्तर्गत चाहबिल प्लाजामा एक हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्ने प्लाजाले जनाएको छ । बम्पर उपहारमा रनरको एक सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ । 

चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ ।  दिए । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् । 

कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन छ । उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने प्लाजाले जनाएको छ । 

डेढ महिना अघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाहबिल चोकमा रहको प्लाजामा पार्किङको राम्रो व्यवस्था छ । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् । यसै गरी बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथा फिजियो थेरापी लगायतका आउटलेट पनि प्लाजामा छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved