ईसेवा पसल डटकमको दशैँ अफर: नुनदेखि सुनसम्ममा छुट, २४ घण्टा मै निशुल्क होम डेलिभरी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 07:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिंग साइटहरुले ग्राहकको लागि आकर्षकको अफर लिएर आएका छन् । यसै क्रममा ईसेवापसल डटकमले ‘दशैँ धमाका’ मार्फत विभिन्न सामानमा ३० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ । गत जेठदेखि  साविकको भाटभटेनी अनलाइन डटकम ईसेवापसल डटकममा रुपान्तरण भएको हो।

कम्पनीले दशैँको अवसरमा ‘सस्तो पनि घर मै पनि’ नारा दिएर अफरहरु ल्याएको हो । जस अनुसार कम्पनीले ग्रोसरी, इलेक्ट्रोनिक्स, स्वास्थ्य सामग्री, पी पदार्थ, मिठाइ र केकहरुमा ५ देखि २५ प्रतिशतसम्मको छुट अफर दिएको छ । आँगनको मिठाइमा भने कम्पनीले ३० प्रतिशतसम्म छुट दिएको छ । त्यस्तै कम्पनीले अधिकांश सामानहरुको मूल्य घटाएर बिक्रिमा राखेको बताएको छ ।  

कम्पनीले प्रति किलो ६३ रुपैयाँमा चिनी बिक्रि गरिरहेको छ । त्यस्तै कम्पनीले हरेक परिवारलाई आवश्यक पर्ने नुनदेखि सुनका गरगहना समेत बिक्रि गरिरहेको छ । यी समान खरिद गर्दा ग्राहकले ईसेवा बाट पैसा तिरेको खण्डमा २ प्रतिशत क्यास व्यक समेत पाइने ईसेवा पसलका सीइओ मनिष श्रेष्ठले बताए ।

ईसेवा पसलले  १ हजार भन्दा बढीको समान खरिद गरेमा निशुल्क होम डिलिभरीको सुबिधा समेत लिएर आएको छ । त्यो भन्दा कम मूल्यको समान खरिद गर्दा भने ५० रुपैयाँ चार्ज लाग्ने सीइओ श्रेष्ठले बताए । उनका अनुसार हाल कम्पनीले उअपत्याका भित्र (काठमाडौँ, भक्तपुर, ललितपुर) तथा उपत्यका बाहिर चितवन र पोखरामा मात्र होम डिलिभरी गर्दै आएको छ । कम्पनीले छिट्टै अनि अन्य स्थानमा डिलिभरीको तयारी गरेको जनाएको छ ।

कम्पनीले ग्राहकहरुलाई क्यास अँन डिलिभरीको पनि सुबिधा दिएको छ । जस अनुसार समान घरमा नै पुगेपछि ग्राहकले पैसा तिर्न सक्छन । साथै अनलाइन मार्फत ईसेवा, पेपाल, मास्टर कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतबाट पनि पैसा तिर्न सक्ने छन् ।

सीइओ श्रेष्ठले ईसेवापसलले सामान अर्डर गरेको २४ घण्टा भित्र ग्राहकको घरमा पुर्याउने गरेको पनि बताए । साथै उनले केहि अर्जेन्ट अर्डर भए त्यसलाई बिशेष प्राथमिकतामा राखेर डिलिभरी गर्ने गरेको पनि जानकारी दिए ।  यी छुट अलवा कम्पनिले यस अघि दिई राखेको छुटलाई पनि निरन्तरता दिएको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved