मुन्चा डटकमको दशैँ अफर: व्हिस्की र खसीको बिशेष प्याकेज , आयातित सामानमा ५० प्रतिशत छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2018 | 12:47:37 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिंग साइटहरुले ग्राहकको लागि आकर्षकको अफर लिएर आएका छन् । यसै क्रममा नेपालको पहिलो अनलाइन सपिंग साइट मुन्चा डटकमले पनि ८० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ ।

मुन्चाले अन्य अनलाईन शपिंग साइटभन्दा एक कदम माथि आएर खसी नै बिक्रिमा राखेको छ । मुन्चाले २० किलोको खसी बिक्रिमा राखेको हो । ग्राहकले अनलाइनबाट नै खसी अर्डर गर्न सक्ने छन् र मुन्चाले उक्त खसी ग्राहकको घर मै पुर्याईदिने छ । ग्राहकले यसको डेलीभरी चर्च भने तिर्नु पर्ने छ । अन्य समानहरु कुरियर सेवा पुगेको नेपालको जुनसुकै स्थानमा पुर्याउने भए पनि कम्पनीले खसी भने उपत्यका भित्र मात्र डेलीभरी गर्ने जनाएको छ । कम्पनीले खसीको प्याकेजमा बियर लगायतका पेय पदार्थ पनि अफरको रुपमा राखेको छ ।

त्यस्तै कम्पनीले श्रीलंकाबाट आयात गरिएका सामानहरु ५० प्रतिशत छुटमा बिक्रि गरिरहेको छ । कम्पनीले बायार्स कलेक्सन र बेला जोन्सका सामानमा ५० प्रतिशत र सारीहरुमा ५५ प्रतिशतसम्म छुट दिएको सोसेल मिडीया म्यानेजर सितु रंजितले बताईन । त्यस्तै पुरुषहरुको लागि इटालियन फ्याब्रिक्सबाट बनेका शर्टहरु कम्पनीले २० प्रतिशत छुट दिएको छ । कम्पनीले ट्रेमर जस्ता एसेसोरिजमा ३० प्रतिशत छुट दिएको छ ।  त्यस्तै कम्पनीले जुत्ता राख्ने र्याकमा ३० प्रतिशत छुट उपलब्ध गराएको छ  । कम्पनीले प्रविधिको बढी उपयोग गर्ने ग्राहकलाई लक्षित गरेर २५० मै सेल्फी स्टिकको अफर समेत ल्याएको छ ।

कम्पनीबाट सामान अर्डर गर्दा ग्राहकले बैंकहरुको डेबिट तथा क्रेडिट कार्डबाट पैसा तिर्न सक्ने छन् । त्यस्तै ईसेवा मार्फत वा बैंक डिपोजिट गरेर पनि ग्राहकले पेमेन्ट गर्न सक्ने छन् । कम्पनीको डेलिभरी चार्ज भने सामानको प्रकृति र सामान पुर्याउनु पर्ने दुरी हरेर तय हुने सोसेल मिडीया म्यानेजर रंजितले जानकारी दिईन । न्यूनतम डेलिभरी चार्ज भने ७५ रुपैयाँ रहेको छ । कम्पनीले उपत्यका भित्र २४ घण्टा भित्र नै डेलिभरी गर्ने गरेको जनाएको छ । 

कम्पनीको अफरहरु यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved