खाद्य संस्थानले सुरु गर्याे खसीबोका र च्याङ्ग्राको विक्रि

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 12, 2018 | 11:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ । संस्थानले थापाथलप्स्थित आफ्नो बाग्मती अञ्चल कार्यालय परिसरबाट आजदेखी खसीबोका र च्याङग्रा बिक्री सुरु गरेको हो । 

संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । संस्थानले तोकेको मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो हो । प्रवक्ता सापकोटाका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ ।

शनिबारसम्म ५ सय च्याङ्ग्रा र २५० खसीबोका राजधानी आइपुग्ने छन् । संस्थानले खसिबोका हेटौंडा र च्याङ्ग्रा मुस्ताङबाट ल्याइएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved