प्रभु बैंकको ऋणपत्र आजदेखि, १०.२५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 08:47:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु Prabhu Bank Limited  ले आज कार्तिक २१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो  ।

जस मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिने बैंकले जनाएको छ  । सर्बसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ  । 

 ' प्रभु बैंक डिबेन्चर २०८६' दिइएको १० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि  सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

लगानीकर्ताले छिटोमा कार्तिक २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन पर्न नसकेमा मंगसिर २० गतेसमम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved