नेपाल बैंकले साढे २ अर्बको डिबेन्चर जारि गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 10:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले '१०% एनबिएल डिबेन्चर २०८३' डिबेन्चर जारि गर्ने भएको छ। २ अर्ब ५० करोड बराबरको डिबेन्चर जारि गर्नको लागि बैंकले निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई नियुक्त गरेको छ। 

बैंकले १० प्रतिशत ब्याज सहित ७ बर्ष अवधिको लागि डिबेन्चर निष्काशन गर्न लागेको हो। कुल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता व्यक्तिगतलाई र १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिने भएको छ। 

निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved