डेढ लाख कित्ता बढी ऋणपत्र लिलाममा, मूल्य हजार रुपैयाँभन्दा कम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 10:32:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital Ltd  ले डेढ लाख कित्ता बढी ऋणपत्र लिलाम गर्ने भएको छ  । क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ को स्वामित्वमा रहेको २ लाख ७४ हजार कित्ता ऋणपत्र लिलाम गर्न लागेको हो  

उक्त फण्ड  कार्तिक २ गते परिपक्कभी खारेज भईसकेको छ। सामुहिक लगानी कोष नियमावली अनुसार फण्ड परिपक्व भएपछि खारेज गरिएको हो  ।  असोज ३० गते बिहिबार नेप्सेमा अन्तिम कारोबार भई कायम हुने इकाईधनीले मात्र  योजना खारेजीपछिको प्रतिफल पाउने जनाएको छ  । 

फण्ड खारेज भएसंगै क्यापिटलले त्यस अन्तर्गत रहेको विभिन्न ५ बैंकको ऋणपत्र लिलाम गर्ने भएको हो  । इच्छुकहरुले मङ्सिर २६ गतेसम्म लिलाममा भाग लिन सक्ने छन्  । लिलामको आवेदन गर्दा न्युनतम १ हजार कित्ता वा सो भन्दा बढीको कित्ताको लागि आवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ। क्यापिटलले ऋणपत्रको लागि न्युनतम मूल्य समेत कायम गरेको छ  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved