नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेको कुमारी बैंकको डिबेन्चर पारित गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नलाई बोर्डबाट अनुमति पाएको हो।
३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टको लागि छुट्याइएको छ।
'१०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर २०८६' नाम दिइएको १० बर्षे अवधि यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
इक्रा नेपालले कुमारी बैंकको यस डिबेन्चरलाई बिबिबि प्लस (बोलीचालीको भाषामा ट्रिपल बि प्लस) दिएको छ। यो रेटिंङले डिबेन्चर औषत भन्दा राम्रो छ भन्ने इंकित गर्दछ।