कृषि विकास बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 03:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २९ गते बुधबार ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

बोर्डबाट अनुमति पाएसंगै अब बैंकले एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँले हुन् आउने  २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । यो ऋणपत्र ७ बर्षे अवधिको हुने र यसमा   १०.३५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । कुल २५ कित्ता मध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

ऋणपत्र जारी गर्न  बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved