कृषि विकास बैंकको ऋणपत्र आजदेखि, १०.३५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 09:30:45 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले माघ १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।  बैंकले बैंकले एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँले हुन् आउने  २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो  । 

 कुल २५ कित्ता मध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई छुट्याइएको १० लाख कित्ताबाट ५० हजार कित्ता सम्हुक लगानी कोषलाई बाँडफांड भईसकेको बैंकले जनाएको छ। 

यो ऋणपत्र ७ बर्षे अवधिको हुने र यसमा   १०.३५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्न  बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्रमा छिटोमा माघ १७ गतेसम्म र सो अवधिमा पुरै ऋणपत्र बिक्रि नभएमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआईबिएल एसले जनाएको छ  । 

ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन गर्नु पर्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved