Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सिटिजन्स बैंकले फागुन २० देखि ऋणपत्र निष्काशन गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 25, 2020 | 08:38:22 AM मा प्रकाशित

nj


सिटिजन्स बैंक Citizens Bank International Limited ले  फागुन २० गते देखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत व्याजदरमा १० वर्षे अवधिको  २ अर्ब ५० करोड बराबरको ऋणपत्र  निष्कासन गर्न लागेको हो । 

बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणलाई र  १५ लाख कित्ता विभिन्न संघ संस्थालाई विक्री गर्न लागेको हो ।  सर्वसाधारण मध्येबाट ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको  छ । १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई  बिक्री गर्ने बैंकले बताएको छ । 

इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा चैत्र ४ गतेसम्म आवेदन दिन सक्नेछन्  । ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई क्यापीटल बिक्रि प्रबन्धक रहेको छ ।

बैंकको २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले कात्तिक ७ गते इक्रा एलबिबिबि प्लस दिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने यसले बैंकको वित्तीय अवस्था औषत भन्दा माथि तथा  सुरक्षित रहेको मानिन्छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved