आइसिएफसि फाइनान्स ICFC Finance Limited ले आज फागुन १३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले वार्षिक १२ प्रतिशत व्याजदर दिने गरी प्रतिऋणपत्र १ हजार रुपैयाका दरले कुल २ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
कम्पनीले कुल कित्ता मध्ये १ लाख २० हजार कित्ता व्यक्तिगत तवरमा र ८० हजार कित्ता मध्ये ४ हजार सामुहकि लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ७६ हजार कित्ता सर्वसाधारणलाई सार्वजानिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।
आवेदकहरुले ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल, आईसीएफसी फाइनान्सका विभिन्न शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन। हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड २१ लाख रुपैँया भन्दा बढी छ ।
फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङेत गर्दछ ।