गुडविल फाइनान्स लिमिटेड Goodwill Finance Company Limited ले फागुन २८ गतेदेखि ऋणपत्र निष्कासन गर्न लागेको छ । कम्पनीले १२ प्रतिशत व्याजदरमा सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ । सोमध्ये १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरमा र १ लाख कित्ता मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषलाई वितरणगरी बाँकी रहेको ९५ हजार कित्ता सर्वासाधारणलाई विक्री हुने छ।
आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्ता सम्म छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधीसम्म सम्पुर्ण ऋणपत्र विक्री नभएमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था जोखिम मध्यम कर्जा बुझाउँछ । कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।